काठमाडौं । सोझा–साझा नेपालीहरुलाई खाडी मुलुक (संयुक्त अरब ईमिरेट्स यूएई) लगायतमा लगेर बेचबिखन गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको खयरमारा घर भइ काठमाडौंको चाबहिल बस्दै आएका ३५ वर्षीय जित बहादुर भुजेल छन् ।

भुजेललाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भुजेलले नेपालीहरुलाई घरायसी काम मिलाइ दिने भन्दै भिजिट भिसामा युएई सहितका खाडी मुलुकमा पुर्याएर बेचबिखन गर्ने गरेका थिए ।

२७ वैशाख २०७३ मा भिजिट भिसामा काठमाडौंबाट दुबई जान लागेका एक व्यक्तिलाई चेकजाँच गर्ने क्रममा भुजेल धन्दा बाहिरिएको थियो ।

विभानस्थल अध्यागमनले सोधपुछ गर्दा ती व्यक्तिलाई ललाई फकाइ राहदानी बनाउन लगाएर भिजिट भिसामा दुबई पठाउन लागिएको खुलेको थियो ।

पछि अनुसन्धानका क्रममा भुजेलले नै राहदानी बनाएर अपरिचित व्यक्तिको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएका खुलेको थियो ।

२०७३ सालदेखि नै फरार रहेका भुजेललाई खोजीका क्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय