सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल डट राखेका सन्दीपलाई दोस्रो बलमा भने उस्मान खवाजाले चौका प्रहार गरे । तेस्रो बल डट राख्दा चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा एलेक्स हेल्सलाई एक र छैटौं बल डट राख्दै सुरुवात गरेका थिए ।

आठौं ओभरको पहिलो बलमा कप्तान कलुम फर्गुसनलाई सन्दीपले एक रन दिए । दोस्रो बलमा खवाजाले एक र तेस्रो बल डट राखे । कप्तान फर्गुसनलाई सन्दीपले चौथो बलमा जोहन बोथाबाट १ रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे । पाँचौ बलमा खवाजालाई दुई रन दिएका सन्दीपले अन्तिम बल डट राखेका थिए ।

सन्दीपले १२ औं ओभरको पहिलो बलमा अर्जुन नायरलाई एक रन दिए । दोस्रो बलमा एलेक्स रोसलाई दुई रन दिए । तेस्रो र चौथो बल भने सन्दीपले डट राखेका थिए । पाँचौ बलमा एक र अन्तिम बलमा दुई रन खर्चिए ।

१४ औं ओभरको पहिलो बलमा सन्दीपले नायरलाई डट र दोस्रोमा दुई रन खर्चेका थिए । तेस्रो बलमा स्टम्पिङ मौका रहेको थियो । चौथो बलमा एक र पाँचौ बल डट राखे । अन्तिम बलमा नायरले चौका प्रहार गरेका थिए ।

थन्डरले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय