बिष्णुप्रसाद पोखरेल
दमक/पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकको हिमालय महालक्ष्मि चिया बगानले १२ बर्ष बित्दा पनि एकीकृत सम्पती कर नबुझाएको पाइएको छ ।

केहि बर्ष नबुझाएपछि नगरपालिकाले मालपोत कार्यालय दमकबाट चिया बगानको नाममा रहेको जग्गाको बिवरण मागेर न्यूनतम रुपमा खेतको मोल राखि एकीकृत सम्पती कर लगाउने निर्णय गरेको दमक नगरपालिका कर शाखाको भनाइ रहेको छ ।

दमक नगरपालिकाका कर शाखा प्रमुख टिका दाहालका अनुसार चिया बगानले ओगटेको जग्गाको एकीकृत सम्पती कर अत्यन्त न्यून गरेर राखिएपनि बिभिन्न बहानाबाजिमा बगानले तिर्न अटेर गरेको छ ।

आर्थिक बर्ष २०६२/०६३ सालदेखि अहिलेसम्म बगानले नगरपालिकालाइ कर नतिरेको उहाँले जानकारी दिनु भयो । आर्थिक बर्ष  २०७३/०७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपिया ६५ पैसा कर तिर्न देखिएको छ ।

अहिलेको चलनचल्तिको भाउ र बगानभित्र रहेका अन्य संरचनाहरुको सबैको कर लगाउदा बगानले २५ करोडभन्दामाथि कर तिर्नु पर्ने अवस्था आउने श्रोतको भनाइ रहेको छ । दमक नगरपालिकाले बारम्बार रुपमा प्रत्येक बर्ष बगानलाइ कर तिर्नका लागि पत्रचार पनि गर्दै आएको छ ।

दाहालका अनुसार दूइ बर्ष अघि पूर्व राजा ज्ञानेन्द्र शाहलाइ सबै राजनीतिक दलहरुसहितले भेटेर कर तिर्न आग्रह गरेका थिए । त्यो समयमा शाहले कर तिर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनु भयो ।

बगान प्रशासनसंग पनि बारम्बार छलफल भएपनि छलफलमा कर तिर्न तयार रहेको बताउने तर कहिल्यै कर नतिर्ने गरेको बताईएको छ । आफूहरु छलफल र पत्र काट्दा हैरान भइसकेको कर शाखाको भनाइ छ ।

स्वयं शाहले बगान प्रशासनलाइ करको बिषयमा समस्या सामधान गर्नका लागि आफूहरुकै अगाडि निर्देशन दिएको भएपनि अहिलेसम्म बगानले कर नतिरेको कर शाखाको भनाइ छ ।

४ बर्ष अघि नगरपालिकाले मालपोत कार्यालय दमकलाइ पत्रचार गरेर नै कर नतिरेको भन्दै बगानको जग्गा बिक्रि तथा नामसारी गर्न आएमा नगराउन भन्दै पत्र पनि पठाएको बताइन्छ ।

कर शाखा प्रमुख दाहालका अनुसार मालपोत कार्यालयलाइ जग्गाको कारोबार भएको अवस्थामा नगरपालिकालाइ जानकारी गराउन अनुरोध गरिएको छ ।

साविक दमक १५ मा पूर्व पश्चिम राजमार्गसंग जोडिएको चिया बगानसंगै भित्र चिया उद्योग र मिनि दरबार समेत रहेको छ । त्यसको एकीकृत सम्पती कर भने अहिलेसम्म नगरपालिकाले निर्धारण गरेको छैन ।

आफूहरुले हदैसम्मको कसरत गरेको र सहुलियत प्रदान गरेको भएपनि बगानले कर तिर्न नखोजेको नगरपालिकाको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah