पाउल पोग्बाको उत्कृष्ट गोलको मद्दतले बर्नलीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा म्यान्चेस्टर युनाइटेडले नियन्त्रण बनाएको थियो । बर्नलीलाई अन्तिम समयसम्म आफ्नो पोष्टमा आक्रमण गर्न दिएन ।

तर, आफै पनि गोल गर्न भने सकिरहेको थिएन । खेलको ७१ औँ मिनेटमा पोग्बाले मार्कस रासफोर्डको पासमा भली गर्दै युनाइटेडलाई अग्रता दिलाए । प्रिमियर लिगमा यो सिजन उनको यो मात्र दोस्रो गोल हो । खेलमा यो नै गोल निर्णायक बन्यो ।

१७ खेलपछि ३६ अंक बटुल्दै युनाइटेड लिगको शीर्ष स्थानमा पुगेको छ । यति खेलपछि युनाइटेड लिगको शीर्ष स्थानमा पुगेको सन् २०१२–१३ सिजनपछि पहिलो पटक हो ।

उता, एभर्टनले वुल्भसलाई हराउँदै च्याम्पियन्स लिगमा स्थान बनाउने आफ्नो दाबेदारी कायम राखेको छ । एभर्टनले वुल्भसलाई २–१ गोलले हराएको हो ।

खेलमा एलेक्स इओबीले एभर्टनलाई शुरुवातमा नै अग्रता दिलाए पनि रुबेन नेभेसले खेल बराबरी गरे । खेलको ७७ औँ मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई जीत दिलाए ।

१७ खेलपछि ३२ अंकसहित एभर्टन लिगको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah