काठमाडौं । झण्डै एक महिना अघिदेखि होटेल सांग्रिलामा व्यवस्थापन र मजदुरबीच भएको विवादको अन्त्य भएको छ । होटेल सांग्रिलाको व्यवस्थापन पक्षले निस्कासित मजदुरहरुलाई पुनर्वहाली गरेसँगै व्यवस्थापन र मजदुरबीचको विवाद अन्त्य भएको नेपाल समाजवादी होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष गोकर्ण प्रसाद अधिकारले जानकारी दिए ।

आधिकारिक मजदुर युनियनमा नयाँ शक्ति निकट मजदुरहरुले चुनावमा विजय प्राप्त गरेसँगै मजदुरहरुको हकहितका पक्षमा संगठनले विभिन्न गतिविधिहरु अगाडि बढाएपछि असन्तुष्ट व्यवस्थापन पक्षले गत भदौ २४ गते मजदुरहरुलाई निस्कासन तथा निलम्बलको कारवाही गरेको युनियनका अध्यक्ष अधिकारले जानकारी दिए ।

व्यवस्थापनको उक्त निर्णयप्रति असहमति जाहेर गरी मजदुरहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए । २४ दिन लामो आन्दोलनपछि निस्कासित मजदुरहरुलाई पुनर्वहाली गर्ने निर्णय गरेपछि विवाद टुंगिएको हो ।
निलम्बित र निस्कासित मजदुरहरुको कारवाही फुकुवाको माग गर्दै नेपाल समाजवादी होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघ र नेपाल समाजवादी ट्रेड युनियन महासँघको पहलकदमीमा शान्तिपूर्ण दबाबमूलक कार्यक्रम सञ्चालन भएको थियो ।

आन्दोलनमा मजदुरहरुले कुनैखाले हस्तक्षेप र कम्पनीलाई नोक्सान हुने गतिविधि समेत नगरीकन मजदुर र कम्पनीको हितमा निर्णय हुनुलाई संगठनले सकारात्मक रुपमा लिइएको अध्यक्ष गोकर्ण प्रसाद अधिकारले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय