भोजपुर । रमाइलो टि.भी.बाट प्रसारण भै रहेको सामजिक टेलिचलचित्र “मादलको खरी” ले गाउँ सहरमा चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा भव्य सम्मान पाएको छ ।

भोजपुरको अरुण गा.पा.–७ सिक्रेटारमा आयोजित “मादलको खरी विशेष साँस्कृतिक एवं सम्मान कार्यक्रम”मा लेखक तथा निर्देशक किशोर अनुराग सहित कलाकर ईश्वर बल्लभ उप्रेती, रोजि कुवर, सुरत बिस्ट,अभी आचार्य “भीष्म”, दिनेश खड्का, रिता थापा, ज्ञानेन्द्र कोइराला, समीर राई, आशिष् खत्री, आइसा राई,सुस्मिता आचार्य,कमला थापा,सन्तोष थापा,तिलक थापा,पुजन आचार्य सहित छायांकारर निर्माता तथा सम्पादक आनन्द प्रभाकर घिमिरे सहितको टोलीलाई सम्मानपत्र र अबिरको साथमा स्थानिय बालन नाचले स्वागत र सम्मान गरिएको थियो।

जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा मा.बि.मा भएको कार्यक्रममा अरुण गाँउपालिका उपाध्यक्ष बिनिता ढकालको प्रमुख आतित्थ, वडा नम्बर ७ का वडाध्क्ष डिल्लीराम अधिकारीको सभापतित्वमा कुमार थापाले आकर्षण कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा मादलको खरी नाटकको विशेष मन्चन सहित कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत बिस्टको क्यारिकेचर,नृत्य र सारङ्गि प्रस्तुति कमला थापा,रीता थापाको नृत्य सहित स्थानिय कलाकारको प्रस्तुतीले दर्शकले भरपुर मनोरन्जन लिएका थिए।

टेलिचलचित्र लाई भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरि स्थानीय कलाकार र संस्कृतिलाइ समेत विशेष महत्त्वका साथ उक्त टेलि चलचित्रमा स्थान दिदा भोजपुरको भौगिलिक तथा संस्कृतिक गरिमा अभिबृद्धी भएको कुरा वडाअध्यक्ष डिल्ली राम अधिकारिले बताउनु भयो ।

भोजपुरको अरुण गाउँपालिकालाइ पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई यो कार्यक्रम र मादलको खरिले टेवा पुर्याएकोमा कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले धन्यबाद दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah