काठमाडौ, २० असोज । दशैं नजिकीएसँग काठमाडौ छाड्नेको संख्या दिननु दिन बढ्दै गएको छ । लामो दुरिका यात्रुहरुले यातायात अभाव भएको भन्ने गुनासो गरेपछि सरकारले सरकारी साझा बस,निजि स्कुल बस र नेपाली सेनाको सबबाट यात्रुहरुलाई गन्तब्यसम्म पुगाउने व्यवस्था गरेको थियो ।
यातायातका केहि सहज भएपछि आज सम्ममा करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको टा«फिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक तथ्याङ्क अनुसार नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् ।

उपत्यकाका सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारणहरु मंगलबारमात्र बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार मात्रै उपत्यका बाट १० हजार ६६ सवारीसाधन बाहिरिएका छन ।

ट्राफिक प्रहरीका एसपी लोकेन्द्र बहादुर मल्लले खबरडबलीसँग भने – ‘दशैं नजिकीएसँगै उपत्यका छाड्नेको संख्या बढिरहेको छ । हामीले चाडपर्वमा सवारी  दुर्घटना कम होस भनेर कडाइ गरेका छौ ।’
ट्राफिक प्रहरीका अनुसार मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको छ ।

दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको यातायात कार्यालयले जनाएको छ ।
यातायात व्यावसायीहरुका अनुसार फूलपातीको अघिल्लो दिन, फूलपातीको दिन र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् ।
अष्टमीदेखि दशैंको दिन सम्म काठमाडौंका रोडहरु प्राय सुनसान हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय