काठमाडौं । नेपाली एसोसिएसन अफ वेस्ट्रन अस्ट्रेलिया (नावा) ले हरेक वर्ष क्रिसमसका दिन आयोजना गर्दै आएको भलिबल प्रतियोगिता यसपालि फेब्रुअरी ७ देखि मार्च ६ सम्म हुनेछ ।

पश्चिम अस्ट्रेलियामा रहेका स्थानीय चार भलिबल क्लब यो प्रतियोगितामा भिडनेछन् । जसमा डटलेस भलिबल, सीपी करी हाउस, टेस्टी हिमाली, युथ ब्रदर्स छन् ।
प्रतियोगिता अस्ट्रेलियामा रहेका प्रवासी नेपालीबीच मात्रै हुनेछ । प्रतियोगितामा प्रथम हुनेले पाँच सय अस्ट्रेलियन डलरसँगै मेडल र अन्य पुरस्कार पनि पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर