नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदैछिन् ।नायिका मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् । करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । नायिका मानन्धरले अभिनयगरेको पहिलो चलचित्र ‘सन्तान’ हो । वि.सं २०४२ सालमा निर्माण भएको यो चलचित्रमा अभिनय गरेपछि करिश्मालाई कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।

उनले अभिनय गरेका ‘मायालु, कस्तुरी, ट्रक ड्राइभर, भाउजु, साथी, एक नम्बरको पाखे, बसन्ती, ढुकढुकी, पन्छी, जिद्दी, जिन्दगी’ लगायतका चलचित्र चर्चामा रहे । करिश्माले निर्माण गरेको चलचित्र ‘ढुकढुकी’ले दर्शकको मन जित्यो ।तर, चलचित्र ‘बाबुसाहेब’मा घाटा ब्यहोरेपछि भने करिश्मा अमेरिकातर्फ लागेकी थिइन्।अमेरिकामा ९ बर्ष भन्दा बढी बसेर नेपाल फर्किएपछि करिश्माले राजनीतिक जीवन पनि अगाडि बढाइन्।तर,उनको राजनीतिक यात्रा भने सुखद हुन सकेन । उनी, आफ्नो अधुरो पढाई पुरा गर्न पनि अगाडि सरेकी छिन् ।नेपाली चलचित्र क्षेत्रमा नाम कमाउन सजिलो छैन।अझ, कमाएको नाम जोगाउन झनै गाह्रो छ ।तर, करिश्माले भने आफ्नो नाम मात्र बनाइनन्, यसलाई जोगाएकी पनि छन्।४९ बर्षको उमेरमा पनि आफ्नो सुन्दरताको जादु छर्न सफल करिश्माको क्रेज आज पनि उस्तै छ।आज जन्मदिन मनाइरहेकी नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मालाई जन्मदिनको धेरै धेरै शुभकामना।

प्रतिक्रिया

सम्बन्धित खवर