अभिनेत्री करिश्मा मानन्धरले छिट्टै बायोग्राफी ल्याउने तयारी थालेकी छन् । अभिनेत्रीसँगै राजनीतिबाट समेत धेरै थोरै नाम कमाइसकेकी उनी अब बायोग्राफीबाट लेखिका समेत बन्दैछिन् ।
हालै एक कार्यक्रममा बोल्दै उनले ४ बर्षदेखि बायोग्राफी लेखिरहेको जानकारी गराइन् । तर, के कति काम सम्पन्न भएको छ उनले खुलाइनन् ।
करिश्माको उक्त पुस्तकमा जीवन भोगाइ, फिल्म करियर र आफूले देखेको देशको बारेमा लेखिरहेको बताएकी छन् । हालै लोकान्तरसँग बोल्दै करिश्माले अब राजनीतिबाट आफु टाढा भएको भन्दै पुर्ण समाजसेवी बनेर अघि बढ्ने बताएकी थिइन् ।
साथै करिश्मा छिट्टै एक चलचित्र निर्माण गर्ने घोषणा समेत गरेकी छिन् । उक्त चलचित्रमा उनले छोरी कवितालाई मुख्य भुमिकामा काम गराउँदैछन् भने नयाँ अभिनेताको खोजी भइरहेको उनको भनाई छ ।



