पोलिसमा जन्मिएकी एक मोडलेको बर्लिनस्थिती अपार्टमेन्टमा बुधबार मृत शरीर फेला परेको छ । ती मोडलको एक हप्ता अघि मात्रै बायर्न म्युनिखका ३२ वर्षे खेलाडी जेरोम बोटेङ्गसँग सम्बन्ध टुटेको थियो ।

द सनको रिपोर्ट अनुसार २५ वर्षे कासियाका ६ वर्षका छोरा नोआ छन् । १९ वर्षको हुँदा आफ्नो पूर्व प्रेम सम्बन्धका कारण उनको छोराको जन्म भएको थियो ।

मेल अनलाइनसँगको कुराकानीमा कासियाका एक साथीले बताए अनुसार नोआले आमा बिना नै आफ्नो छैटौं जन्मदिन मनाएका थिए । कासिया जेरोमसँगको सम्बन्ध टुटेका कारण असाध्यै चिन्तामा भएको उनले जानकारी दिइन् ।

नाम नखुलाइएका ती साथीले भनिन्, ‘हिजो (बुधबार) उनको छोरा नोआको जन्मदिन हो । कासिया आफ्नै घरमा थिइन् ।’

‘उनको परिवारका एक सदस्यले प्रहरीलाई फोन गरेर छोरीसँग सम्पर्क हुन नसकेको र आफूहरु अत्यधिक चिन्तामा भएको बताए ।’

‘रेस्ट इन पिस’

जेरोमसँगको सम्बन्ध टुटेकोबारे कुरा गर्दै साथीले भनिन्, ‘उनले कासियाबारे असाध्यै खराब टिप्पणी गरे । यसैले उनलाई असाध्यै तनावमा पारेको थियो ।’

मोडलको मृत्युको खबर उनकी अर्की साथी सारा कुल्काले सबैभन्दा पहिला दिएकी थिइन् । उनले इन्स्टाग्राम पोस्टमा लेखिन्, ‘रेस्ट इन पिस । एक अद्भूत व्यक्तित्वकी धनी । मलाई तिम्रो याद आउनेछ ।’

म्यानचेस्टर सिटीका पूर्व खेलाडी जेरेमले अघिल्लो हप्ता १५ महिनाको डेटिङपछि आफू कासियासँग छुट्टिएको घोषणा गरेका थिए ।

जेरोमको नाममा ट्याटु खोपेकी कासियाले फुटबलरको झुट बोल्ने बानी र लगातार विश्वासघात गरेका कारण आफूहरु छुट्नु परेको जानकारी दिएकी थिइन् ।

रिपोर्टका अनुसार कासियाको शव एक विलासी अपार्टमेन्टमा भेटिएको हो जुन जेरोमको नाममा छ ।

उनको मृत्युलाई शंकास्पद मानिएको छैन ।

जेरोमका तीन सन्तान छन्, सबै उनका पूर्व सम्बन्धबाट हुन् ।

सम्बन्ध टुटेपछि यी दुईले सार्वजनिक रुपमा शब्दवाण प्रहार गर्न थाले ।

यी मोडलले जेरोमलाई राक्षसको संज्ञा दिँदै यसबारे आफूले मुख खोल्ने र लड्ने बचन दिएकी थिइन् ।

यस्तै, जेरोमले पनि जर्मन पत्रिका बिल्डसँगको कुराकानीमा कासियाले उनको पहिलोको सम्बन्ध तोडेको र उनलाई ब्ल्याकमेल गरेको बताए ।

उनले भने, ‘कासियाले रेबेकासँग र मेरो परिवारसँगको सम्बन्ध ध्वस्त पारेर मेरी प्रेमिका बनेकी हुन् । उनले मलाई ब्ल्याकमेल गरिन् ।’

‘त्यसैले मैले कासिया सँगै बस्ने निर्णय गरेँ र स्थितीलाई सुधार्ने कोसिस गरेँ ।’

जेरामकी पूर्व प्रेमिका रेबेका सिल्भेराले कासियाले पठाएको भोइस मेसेज इन्स्टाग्राममा पोस्ट गर्दै उनीबारे प्रतिक्रिया दिएकी थिइन् ।

रेबेकाले जर्मन पत्रिकालाई भनेकी छिन्, ‘कासियाले आफ्नो स्वार्थका लागि मेरो परिवारमा फुट गराइन् ।’

‘उनले जेरोमलाई पनि ध्वस्त पारेको म हेर्न सक्दिनँ र यसो हुन दिन्नँ । म उनलाई पीडितसँग खेलेको हेर्न चाहन्नँ । उनले त्यसै पनि धेरैलाई हानी गरिसकेकी छिन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah