गायिका अन्जु पन्तले आफूलाई थिर कोइरालाले चोखो प्रेम दिएको बताएकी छिन् । प्रेम दिवसको अवसरमा कुरा गर्दै अन्जुले भनिन्–‘एउटा किताबमा सयौं पेज हुन्छ । त्यसमा सयौं कहानी र घटना हुन्छन् । सोचेको भन्दा नसोचेको घटना आइलाग्छ । म पनि आफै अचम्मि छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ ।’ अन्जुले थिरलाई आफूले नजिकबाट चिनेको ४ बर्ष भएको बताइन् ।
अन्जुले आफूलाई थिरले चोखो प्रेम दिएको उल्लेख गरिन् । बिहेको बिषयमा उनले भनिन्–‘हामी ४ बर्षदेखि नजिक थियौं । तर, बिहेको कुरा अगाडि बढेको गत बर्षबाट मात्र हो । परिवारसँग कुरा गरेर अगाडि बढ्ने सहमती गरेर हामीले एक हुने निर्णय गर्यौं । बिहे कहिले गर्ने भन्ने कुरा त पछि थाहा भैहाल्छ । भिडियो
https://youtu.be/3PK_5VP5-X4



