पाँचथर, २७ असोज । पाँचथरको दक्षिणी क्षेत्रको एक दर्जन विद्यालयमा अझैसम्म नयाँ पाठ्यपुस्तक पुगेको छैन ।

शैक्षिक सत्र सुरु भएको ६ महिना हुँदा पनि विद्यालयहरुमा नयाँ पाठ्यपुस्तक नपुगेको हो । नयाँ पाठ्यपुस्तक नपुग्दा पठनपाठनका लागि विद्यालयहरुले पुरानै पाठ्यपुस्तक प्रयोग गर्दै आएका छन् ।

वर्षाका कारण सडक बिग्रेकाले मौवा र आरुबोटे श्रोतकेन्द्रका अधिकाँश विद्यालयहरुले नयाँ पाठ्यपुस्तक लगेर विद्यार्थीहरुलाई दिन नसकेको जनाएका छन् ।

सामुदायिक विद्यालयहरुको शैक्षिण गुणस्तर खस्किरहेको बेला शैक्षिक वर्ष सुरु भएको ६ महिना हुँदा पनि विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण नगर्दा अभिभावकहरु चिन्तित भएका छन् । जिल्ला शिक्षा कार्यालय पाँचथरले भने शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक खरिद गर्न आवश्यक बजेट प्रत्येक विद्यालयहरुलाई दिएको जनाएको छ ।

कार्यालयले अझैसम्म नयाँ पाठ्यपुस्तक विद्यालयमा नपु¥याउनु विद्यालयहरुको कमजोरी भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय