आश्विन २७, २०७३-बिजया दशमीको दिनदेखि सुरु भएको दशैको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ । विजयादशमीका दिन टीका जमरा लगाउन जान नभ्याएका मान्यजनबाट पूर्णिमासम्मै टीका जमरा लगाई आर्शिवाद लिने चलन छ । आज पनि बिहानै देखि टाढा टाढा सम्म टीका लगाउन जानेको घुँइचो बढेको छ । काठमाण्डौ उपत्याकामा सवारीसाधनको चाप बढेको छ भने बजारपसल पनि  खुल्न  थालेका छन् । टीका लगाउन उपत्यका बाहिर गएकाहरु क्रमश फर्कन सुरु गरेको ट्रासफक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर