दमक।   झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ३ विजयी भएको छ । उसले उपाधि दाबेदार वडा नम्बर ८ लाई २–१ ले पाखा लगायो । खेलमा अग्रता भने वडा नम्बर ८ ले पहिलो हाफको १७ औं मिनेटमा जर्सी नम्बर १७ का सुमन लिम्बुको गोलबाट लिएको थियो ।

पहिलो हाफ सम्म एक शुन्यले पछि परेको वडा नम्बर ३ ले दोश्रो हाफमा आक्रामक खेल खेल्दै लगातार दुई गोल गर्यो । उसका जर्सी नम्बर ८ का पनिस सुब्बाले ४१ औं मिनेटमा बराबरी गोल गरेभने त्यसको १० मिनेटपनि बित्न नपाउँदै जर्सी नम्बर १७ का मनकुमार मगरले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि दुई एकले पछि परेको वडा नम्बर ८ ले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्किने प्रयास गरेपनि गोलकिपर अमिर सुब्बा बाधक बने । उनले आधा दर्जन बढी प्रहार बिफल बनाइदिए । जितसँगै वडा नम्बर ३ ले वडा नम्बर ७ सँगको भेट पक्का गरेको छ । खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलकिपर अमिर सुब्बा घोषित भए ।

भोलि उपाधि दाबेदार वडा नम्बर ११ र वडा नम्बर १ बीच खेलहुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप–विजेताले नगद ४१ हजारसँगै ट्रफी हात पार्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय