
दमक। झापाको पाराबारीमा सम्पन्न तेश्रो शिवसताक्षी मेयर कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले जितेको छ । उसले वडा नम्बर ३ लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो सेट २५–१७ ले जितेको उसले दोश्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । उता उपाधि दाबेदार डिफेण्डिङ्ग च्याम्पियन वडा नम्बर ७ ले फरक जिल्लाको खेलाडी खेलाएको पाइएपछि उसले प्रतियोगिताबाट हात झिक्नु परेपछि ७ को यस पटक पनि उपाधि जित्ने आसा समाप्त भएको थियो । उपाधि जितेसँगै वडा नम्बर ९ ले ५० हजार र ट्रफी निस्चित गरेको छ । उप–विजेता वडा नम्बर ३ ले ३० हजार हात पार्नेछ ।