बलिउडमा भर्खरै उदाएकी अभिनेत्री रिया चक्रवर्तीको करियरमा धक्का लागेको छ ।

सोनाली केबलमा सानदार अभिनय गरेकी रियाले सबैको मन पहिलो फिल्मबाट नै जितेकी थिइन् ।

तर, अचानक जुन १४ मा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याले उनको जिवनमा पनि उथलपुथल पैदा भयो ।

सुशान्तको प्रेमिका समेत रहेकी रियालाई सुशान्तको हत्याको आरोप लाग्यो । उनीविरुद्ध हत्याको आरोपसँगै लागुऔषध दुव्र्यसनीको समेत मुद्दा लाग्यो । उनी जेल समेत गइन् । उनी लामो समय सामाजिक सञ्जाल र फिल्म क्षेत्रबाट टाढा रहिन् ।

फिल्ममा तोकिएको भूमिकाबाट रियालाई हटाइएको छ । उनी जुन भूमिकामा देखिने तय भएको थियो त्यसबाट हटाएर उनलाई अर्कै भूमिकामा अनुबन्ध गरिएको छ ।

उनी सुपरस्टार अमिताभ बच्चनसँग फिल्म ‘चेहरे’मा थिइन् । फिल्मको शुटिंग पनि भएको छ । तर फिल्मको पोस्टरमा भने रियाको कुनै पनि तस्बिर देखाइएको छैन । इमरान हाशमी र क्रिस्टल डिसूजाको तस्बिर देखाइएको छ भने रिया गायब छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार रियाको करियरमा धक्का लागेको छ । उनको अगाडिको भविष्य समेत अन्योल देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय