दमक/ झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै वडा नम्बर १० प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ । उसले वडा नम्बर ६ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ सम्म गोल रहित चलेको खेलमा दोश्रो हाफको ५३ औं मिनेटमा जर्सी नम्बर ७ का पवन राईको गोलबाट वडा नम्बर १० ले अग्रता लिएको थियो ।

त्यसको दुई मिनेट पनि बित्न नपाउँदै जर्सी नम्बर ३ का सचिन लिम्बुले वडा नम्बर १० को अग्रता दुई शुन्यमा पु¥याए । दूई शुन्यले पछिपरेको वडा नम्बर ६ का लागि ६५ औं मिनेटमा जर्सी नम्बर ११ का रोशन गुरुङ्गले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि थप गोल गर्न नसक्दा खेलमा वडा नम्बर १० ले बाजी मार्यो ।

भोलि अन्तिम चार प्रबेशका लागि वडा नम्बर ७ र ३ बीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ७५ हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ४१ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय