मुम्बई– बलिउडमा एउटा समय थियो, जब तीन खानहरुको बर्चस्व रहेको थियो ।
सबैतिर आमिर खान, शाहरुख खान र सलमान खानको नै चर्चा हुन्थ्यो ।
उनीहरुलाई नै सबैभन्दा लोकप्रिय मानिन्थ्यो ।
तर, अहिले समय परिवर्तन भएको छ ।
अहिले बलिउडमा केही त्यस्ता महिलाहरु पनि, जसले तीन खानलाई पछाडि पार्न सफल भएका छन् ।
त्यसका साथै यी अभिनेत्रीका अगाडि कुमार र कपूरहरु समेत फिक्का भएका छन् ।
यो कुरालाई इस्टाग्राम फलोअर्सले समेत प्रमाणित गरेको छ ।
बलिउडमा त्यस्ता पाँच महिला सेलिब्रिटीहरु छन्, जो फलोअर्सका आधारमा पुरुष सेलिब्रिटिहरु भन्दा धेरै अगाडि छन् ।
प्रियंका चोपडा
इन्टरनेशनल स्टार प्रियंका चोपडाले बलिउडमा एउटा लामो यात्रा निर्धारण गरेकी छिन् । प्रियंकाले स्काई इज पिङ्क फिल्मबाट बलिउडमा पुनरागमन गरेकी छिन् । उनी केही समय अगाडि नै उनी फिल्म द व्हाइट टाइगरमा देखिएकी छिन् । इन्स्टाग्राममा उनको ६ करोड ९ लाख फलोअर्स छन्, जुन कुनै पनि बलिउड सेलिब्रिटी भन्दा धेरै हो । उनीभन्दा बढी फलोअर केवल भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको छ, जसले भर्खरै एक अर्ब फलोअर छन् ।
श्रद्धा कपूर
शक्ति कपूरकी छोरी श्रद्धा कपूर दर्शकाझ लोकप्रिय छिन् । उनले इन्स्टाग्राममा ५ करोड ८३ लाख लाखभन्दा बढी फलोअर्स छन् । यो संख्या बलिउडका खानहरुको भन्दा धेरै बढी छ । यी अभिनेत्रीले आफ्नो सुन्दरताले सबैको मन जित्दै आएकी छिन् । उनले आफ्नो अभिनयले पनि प्रशंसकहरुको मन जित्न सफल छिन् ।
दीपिका पादुकोण
पूर्व ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी दीपिका पादुकोणले बलिउडमा धेरै प्रकारका कीर्तिमानहरु भंग गरेकी छिन् आज उनले एउटा फिल्मका लागि जति पारिश्रमिक लिन्छिन्, त्यति त बलिउडका कुनै अभिनेताले पनि लिएका छैनन् । दीपिकाले बलिउडमा महिलाको भूमिकालाई पुनर्परिभाषित गरेकी छिन् । उनको इन्स्टाग्राममा ५ करोड ३४ लाख फलोअर्स छन् ।
नेहा कक्कड
आफ्नो जीवन बाँच्ने शैली, सुन्दर, दयालु स्वभावका कारण गायिका नेहा कक्कडले सबैको मन जित्न सफल छिन् । धेरै संघर्षपछि उनले यो स्थान हासिल गर्न सफल भएकी हुन् । उनको इन्स्टाग्राममा ५ करोड २९ लाख फलोअर्स छन् । केही मानिसका लागि यो कुरा आश्चर्य पनि लाग्न सक्छ, तर उनलाई मन पराउनेको संख्या धेरै छ ।
आलिया भट्ट
सन् २०२० आलियाका लागि त्यति राम्रो रहेन । यी अभिनेत्रीलाई लक्षित गरेर धेरै विरोध गरियो, उनलाई कतिपय स्थानमा निषेध समेत गरियो । तर आलियाको फ्यान फलोइङमा त्यसको खाैि असर परेन । उनको इन्स्टाग्राममा ५ करोड ११ लाख फलोअर्स छन् , जुन संख्या कुनै पनि खान र कुमार भन्दा धेरै हो ।



