वडा नम्बर ४ माथी सात शुन्यको विशाल अन्तरको जित निकाल्दै वडा नम्बर १० झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । खेलको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको वडा नम्बर १० ले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै गोलको बर्षा गरेको थियो ।

पहिलो हाफको ८ औं मिनेटमा जर्सी नम्बर ७ का पवन राईको गोलबाट खाता खोलेको उसले १५ औं मिनेटमा जर्सी नम्बर ११ का निशान श्रेष्ठको गोलबाट अग्रता दोब्बर बनायो । पहिलो हाफमा दुइ शुन्यको अग्रता लिएको उसले दोश्रो हाफमा लगातार ५ गोल गरेको थियो । दोश्रो हाफको ७ औं मिनेटमा जर्सी नम्बर ११ का निशान श्रेष्ठले गोल गर्दै टिमलाई तीन शुन्यको अग्रता दिलाए ।

त्यसपछि जर्सी नम्बर ७ का पवन राईले चौथो गोल गरे । उनले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै जर्सी नम्बर ३ का सचिन लिम्बुले खेलको ५६ औं मिनेटमा गोल गर्दै उसको अग्रता पाँच शुन्यमा पु¥याए । त्यसपछि लगातार जर्सी नम्बर १२ का नितेश लिम्बुले दुई गोल थपे । उनले ५७ औं र ५८ औं मिनेटमा गोल गरेका थिए ।

उता वडा नम्बर ४ ले पनि गोल गर्ने केहि अबसर पाए गोल गर्न सकेन् । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ७ का पवन राई घोषित भए । उनले नगद १५ सय प्राप्त गरे । अब उसले उपाधिका लागि पर्सी २८ गते वडा नम्बर २ सँग प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो ।

फाइनल खेल ३ बजेबाट शुरु हुने पनि वहाँले जानकारी दिनुभयो । सोहि दिन अन्य खेलका विजेता तथा उप–विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिने छ । फुट्बलको विजेताले नगद ७५ हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ४१ हजार प्राप्त गर्नेछ । त्यस्तै भलिबल र क्रिकेटका विजेताहरुले ५०–५० हजार तथा उप–विजेताले ३०–३० हजार हात पार्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah