अर्घाखाँची-असोज १८ गते गाउँको एक किराना पसलबाट घर फर्कंदा हराएकी भनिएकी कल्पना भुसालको हत्या भएको खुलेको छ।

धनचौर गाविस ५ निवासी भिमलाल भुसालकी पत्नी ३४ वर्षिया कल्पनालाई पसलबाट समान किनेर घर फर्कंदा वेपत्ता पारी हत्या गरिएको रहस्य खुलेको हो।

उनलाई छिमेकी गणेश भुसालले हत्या गरेको स्वीकारेका छन्। उनीहरुबीच अनैतिक सम्बन्ध रहेको कारण घटना भएको प्रहरीले जनाएको छ। गणेशले कल्पनालाई हत्या गरि झिमु्रक नदीमा फालेको बयान दिएको आधारमा प्रहरीले नदी किनारबाट शव फेला पारेको हो।

घटनामा गणेशका बुवा खेमराज भुसालको पनि संग्लनता रहेको प्रहरीले जनाएको छ। बाबुछोरा दुबैलाई थुनामा राखेर अनुसन्धान गरिएको प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए।

घटनामा अरुको पनि संलग्नता भए÷नभएको बारे अनुसन्धान भइरहेको उनले बताए। घटना पछि गणेशले आफू समेत सहभागि बनि मृतककी बहिनी चन्द्रा खनाललाई दिदी हराएकोले खोजी गरिदिन भनि प्रहरी समक्ष निवेदन दिन लगाएका थिए।

गणेश नेकपा एमाले धनचौरका निवर्तमान अध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah