नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन थालेको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण भएको थियो । तेश्रो सिजनको पहिलो भागबाट नै शोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् ।
शोको पहिलो भाग नै नेपालमा युटुब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । एक दिनमै यो शोलाई युटुबमा १३ लाख भन्दा बढीले हेरेका थिए । हालसम्म पहिलो भागलाई युटुबमा १८ लाख भन्दा बढीले हेरिसकेका छन् ।‘दि भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा मेलिना मैनाली, गनविरबुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।



