काठमाडौं – रंगको पर्व होली नजिकिँदै गर्दा यससम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् ।यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ ।सारिकाकै शब्दमा योगेशको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायकद्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् ।भिडियो छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ ।



