
मेकअप माहिलाको योग्यताको परिचय हो त ?
एवर्ट विश्वविद्यालयको अुनसन्धानका अनुसार मेकअप गर्ने महिलाहरु आफ्नो कामप्रति गंभिर हुन्छन । तसर्थ उनीहरु कुशल व्यवस्थापक बन्न सक्छन् । भारतको नोएडामा पत्रकारिता गरिरहेकी एक पत्रकारका अुनसार महिलाहरले यस्ता जजमेन्टहरु दैनिक सामना गर्नुपर्छ । ‘मिडिया उद्योगमा मेकअप गर्नेहरुलाई गंभिर समाचार तयार पार्न सक्दैन कि भनेर शंका गरिन्छ । मेकअप गर्ने महिला पत्रकारलाई मनोरञ्जनात्मक समचार तयार पार्न लगाउँछन् ।
एक त मान्छेहरु महिलाहरुको क्षमतामाथि त्यसैपनि शंका गर्छन, अझ त्यसमाथि खास प्रकारका पहिरन लगाउने वा मेकअप गर्ने महिलाहरुलाई सहजै उपलब्ध महिला ठान्छन् ।’ नाम उल्लेख नगर्ने शर्तमा यी पत्रकार अगाडी भन्छिन ‘मेरो एक सहयोगिले मलाई एकपट भनेका थिए, महंगो लुगा लगाउने र मेकअप गर्ने महिलाहरु घरबार बसाउन सक्दैनन् ।’ यस्तो धारणा पुरुषहरुमा मात्रै होइन महिलाहरुमा पनि हुन्छ । मेरो कार्यालयकी महिला प्रमुख सँधै मेरो मेन्टिनेन्स देखेर हैरान हुन्थिन् । किनकी आफु कहिल्यै राम्रोसँग मेकअप गर्दैन थिइन् ।’
ध्यानाकर्षित गर्न मेकअप गर्छन् महिलाहरु ?
स्कटल्याण्डमा सार्वजनिक गरिएको नतिजा अनुसार मेकअप गर्ने महिलाहरुलाई अरुको तुलनामा धेरै सम्मान दिइन्छ । यसै विषयमा पत्रकार तथा लेखिका वर्तिका नन्दा भन्छिन ‘तपाईको मेकअपले योग्यता र क्षमताको कुनै प्रतिनिधित्व गर्दैन ।’ तर यता एक बैँकमा कार्यरत कर्मचारी भने यो कुरासँग सहमत छैैनन् । उनी भन्छिन्,–‘मेकअप गर्ने महिलाहरु काममा त्यति धेरै ध्यान दिँदैनन् । लिपपोत गर्ने महिलाहरुको ध्यान त धेरैजसो आफ्नो मेकअपमै रहन्छ, काम कसरी गर्छन ?’
यसको ठिक विपरित धारणा छ, एक निजि कम्पनीमा सिनियर एनालिस्टको काम गर्दै आएका जुगल किशोरको । उनी भन्छन, – ‘कुनै पनि महिलाले मेकअप गरेर कार्यालय आउनु नराम्रो होइन । मेकअपको कामसँग कुनै सम्बन्ध हुँदैन ।’तर, यही विषयमा युटिभिमा कार्यरत अनुराधाको धारणा भने फरक छ । ‘मेकअप गर्ने या नगर्ने व्यक्तिगत निर्णय हो । तर, उडड्यन र सेवा क्षेत्रमा त अनिवार्य रुपमा मेकअप गर्नुपर्छ । पुरुषहरु पनि त आफूलाई स्मार्ट देखाउने प्रयास गर्छन । यही कुरामा उनीहरुको बयान गरिन्छ भने किन महिलाहरुको मेकअपमाथि प्रश्न उठाउने ?’
उनी अगाडी थप्छिन् ‘कम्पनीहरु आफै पनि महिलाहरुलाई प्रेजेन्टेबल बन्नुपर्छ भनेर भन्छन । यदि मैले कुनै कामको लागि कोही मान्छे छान्नु पर्यो भने भर्खरै सुतेर उठेजस्तोे देखिने मान्छे छान्नुपर्दा मलाई केही शंका त अवश्य हुन्छ ।’ उनी फेरी प्रष्ट पार्छिन प्रेजेन्टेबल बन्नु र मेकअप गर्नुमा फरक छ ।
आफ्नै खुसीका लागि मेकअप गर्छन महिला
एकपटक जेल परिसकेकी वर्तिका नन्दा भन्छिन,–‘महिलाहरु अरुको ध्यानाकर्षित गर्न मेकअप गर्छन भन्नु भ्रम हो । जेलमा कुनै पनि प्रकारको मेकअप सामाग्री लैजान अनुमति हुँदैन । तर, पनि महिलाहरु जेलमा टिका र चुरा लगाउँछन् । तपाईलाई लाग्छ उनीहरु जेलमा कसैको ध्यानाकर्षित गर्न मेकअप गर्छन ? आफैलाई सुन्दर बनाउनु नै खुसी हुने तरिका हो ।’
र अन्तमा प्रतिभा मिश्राको सल्लाह छ । अरुमा रहेका कमजोरी खोजिबस्नु भन्दा आफ्नै सुन्दरताको ख्याल राख्नु धेरै राम्रो हो । ‘कोही मान्छे चिटिक्क परेर, सजिएर कार्यालय आउँदै गरेको देख्दा मलाई खुसी लाग्छ । यस्ता मान्छेहरुलाई म आफै गएर कम्प्लीमेन्ट दिन्छु, ताकि उनीहरुलाई सहज महसुस होस् ।’ प्रतिभाको सिधा जवाफ छ । ‘यदि मैले मेकअप गर्दा कसैको ध्यान विथोलिन्छ भने त्यो उसको समस्या हो ।’यता नोयडाकी पत्रकार भन्छिन्–‘कहिलेकाहीँ लाग्छ सँधै प्रश्न बोकेर हेर्ने आँखाहरुको सामना गर्नुभन्दा आफैलाई केही परिवर्तन गरु ? तर, फेरी सोच्छु हरेक कुरामा त म एडजस्ट गरिनै रहेकी छु, फेरी मेकअपमा पनि किन गर्ने ?’