काठमाडौँ– रङहरुको पर्व होली हर्ष उल्लासका साथ आज (आइतबार) पहाडी र हिमाली जिल्लामा धुमधामसाथ मनाइँदैछ।फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। दुई दिन मनाइने यो पर्व आज हिमाली एवं पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरुमा मनाइँदैछ।होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुवात भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ।कोरोना कहरकाबीच नेपालीले होली पर्व मनाएका छन् । सरकारको आग्रह अनुसार नै यसपटक स्वास्थ्य मापदण्डको ख्याल गरी होली मनाइएको छ ।

हेर्नुहोस् होलीको रौनक झल्कने केही तस्वीर

होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा आइतबार साथी साथीबीच होलीको टीका लगाएर सेल्फी खिच्दै महिला ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ) द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा तामाङ सेलो नृत्य प्रस्तुत गरिँदै । होलीका अवसरमा गणभित्र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय