मनोरञ्जन

अभिनेता अक्षय कुमार कोरोनाद्वारा संक्रमित


  काठमाडाैं   सवाल नेपाल   २०७७ चैत्र २२, ११:१०

बलिउड अभिनेता अक्षय कुमार कोरोनाद्वारा संक्रमित पाइएका छन् । एक ट्वीटमार्फत् उनले यसबारे जानकारी दिएका हुन् । उनले लेखे, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’

अक्षय कुमारले लेखे, ‘पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

 

 

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु