
काठमाडौं । पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ । बिहीबार भएको फाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । च्याम्पियन बनेसँगै हेल्प नेपालले नगद तीन लाख रुपैयाँ र उपविजेता एपीएफले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–२० ले आफ्नो बनायो । निकै नै रोमाञ्चक बनेको खेलमा हेल्प नेपालले अन्तिम सेट २५–२२ ले जित्यो । हेल्प नेपालले लगातार दोस्रोपटक उपाधि जितेको हो ।
हेल्प नेपाल बुधबार एपीएफसँग सोझो सेटमा पराजित भएको थियोे । आजको खेलमा हेल्प नेपालले बदला पनि लिएको छ । तीन भारतीय खेलाडी टिममा राखेको हेल्प नेपाल प्रतियोगिताको एक खेलमा मात्र पराजित भएको थियो । प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट्स क्लब खेल्नेछन्
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया