काठमाडौँ, २८ असोज – नेकपा एमालेका पोलिटव्यूरो सदस्य लालबाबु पण्डितले अहिले संविधान संशोधनभन्दापनि कार्यान्वयन गर्नुपर्ने वेला भएको टिप्पणी गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  पूर्वमन्त्री समेत रहेका नेता पण्डितले भने,‘मुलुकलाई दुर्घट्नाबाट बचाउने हो भने अहिले संविधान संशोधनभन्दापनि यसको कार्यान्वयनको लागि सबैले जोड दिनुपर्छ ।’ यद्धपी उनले संशोधनको माग गरिरहेका मधेशी मोर्चाभित्रै यसबारेमा एकमत धारणा नरहेको आरोप लगाए ।

पण्डितले मधेशी मोर्चा मात्रै नभएर स्वयम वर्तमान सरकार पनि के के विषयमा संविधान संशोधन गर्ने भन्नेबारेमा स्पष्ट नरहेको जिकिर गरे । उनले थपे,‘कुन–कुन बुँदामा संशोधन गर्ने भन्नेबारेमा सरकार स्वयम अहिले स्पष्ट छैन, असन्तुष्टहरु त झनै अस्पष्ट छन्, उनीहरुको विचमा नै एकमत छैन् ।’

नेता पण्डितले अरुको उक्साहटमा संविधान जलाउन खोज्नेहरुले संविधान संशोधनको माग गरेर संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्र गरिरहेको समेत आरोप लगाए ।

उनले मधेशी मोर्चाले जे–जे विषयमा संशोधन गरौं भन्छन आफ्नो पार्टीले त्यही–त्यही विषयमा सही छाप नगर्ने समेत चेतावनी दिए । यद्धपी उनले सिमांकनको विषयमा राष्ट्रिय सहमति बन्यो र व्यवस्थापिका संसदमा त्यसबारेमा सहमति भयो भने केही हेरफेर हुन सक्ने कुरा औंल्याए ।

उनले मधेशी मोर्चाप्रति संकेत गर्दै कसैले धम्काउँदैमा चुनाव नगर्नु भनेको त्यो सरकारको कायरता भएको आरोप लगाए । उनले भने,‘कसैले धम्की दिएको भरमा चुनाव नगराउनु अनि खुट्टा कमाउनु भनेको त्यो कायरता मात्रै हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय