काठमाडौं । सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ निषेधाज्ञामा पनि प्रशारण हुने भएको छ । तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेकाले निषेधाज्ञामा पनि ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने भएको हो ।

“तीन हप्ताका लागि छायांकन भइसकेको छ । छ वटा श्रृंखला छायांकन भइसकेकाले निषेधाज्ञामा पनि सो प्रशारण हुने छ,” द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल भन्छन्, “अहिले सरकारले तोकेको समयसम्म मात्रै निषेधाज्ञा भयो भने त हामीलाई समस्या छैन । तर, निषेधाज्ञा लम्बिदै गयो भने चाहिँ के हुन्छ अहिले नै भन्न सकिँदैन ।”
यद्यपि प्रशारण नरोक्ने सोचमा निर्माण पक्ष रहेको उनले बताए ।

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ अहिले ब्याटल राउन्डमा पुगेको छ । हालसम्म १२ भाग प्रशारण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय