दमक झापा ।
दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो।

यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए। उनीहरुले सुवास घिसिङलार्इ गाली गरे। कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए। केही विवेक भएका मानिसहरुले यो आन्दोलन होइन। अभियान हो। लक्ष्यमा नपुगी स्थगित हुँदै त्रिपक्षीय सम्झौताले अभियान स्थगित भइको होइन चौतारीमा विश्राम लिएको मात्रै हो भन्ने अर्थ लगाए। कसैकसैले त त्यो बेलामा नै सुवास घिसिङलार्इ ‘भारतीय गुप्तचर सस्था “र” को एजेन्ट हो, भारतीय दलाल हो, नेपाल र नेपालीको अस्तित्व मेटाउने प्रयासमा लागेको जातिद्रोही हो। भाषाद्रोही हो’ सम्म भने। विशेष गरेर नेपाल लगायतका बुद्धिजीवी र केही राजनीतिज्ञहरुले सुवास घिसिङले सुरु गरेको गोर्खाल्यान्ड आन्दोलन राजनीतिक लेप लगाएको आन्दोलन मात्र नभएर गोर्खाल्यान्ड अभियान थियो, महाअभियान थियो भन्ने कुरा बुझ्न सकेनन्। विवेक भएका मान्छेहरुको संख्या नेपाल र भारत दुबैतिर कम थियो।

हाल सुवास घिसिङ दिवंगत भएको अवस्थामा गोर्खाल्यान्ड अन्दोलनको मर्म नबुझे जस्तो गर्नेहरु पनि होलान्। तर त्यसको मर्म बुझ्नेहरुको संख्या नेपाल र भारत दुबैतिर बढ्दो छ। यहि क्रममा सुरज तामांग नाम गरेकाएक नेपालीले यस्तो जबाफ दिएका छन् ।

https://youtu.be/sBOf4n65Eb0

प्रतिक्रिया

सम्बन्धित खवर