भारतीय कोरियोग्राफर गीता कपूर आजकाल डान्स रियालिटी शो सुपर डान्सरकी निर्णायकको रुपमा देखिएकी छिन् । तर पछिल्लो दुई दिनदेखि गीता माँ आफ्नो शोका कारण नभई एक तस्बिरका कारण अचानक चर्चामा आएकी छिन् । गीत कपूरले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी थिइन् । यी तस्बिरमा गीता रातो जोडीमा सजिएकी छिन् । यतिमात्रै होइन, अविवाहित गीताले सिउँदोमा सिन्दूर भरेको देखेर धेरै चकित पनि परे । तसर्थ खैलाबैला भयो ।

कतै उनले अचानक विवाह त गरिनन् ? धेरैले अनुमान गर्न थाले । यो फोटोको क्याप्सनमा गीताले ब्राइड भनेर ह्यासट्याग पनि सेयर गरेकी छिन् । उनको यो पोस्टमा धेरैले आखिर उनले कसको नामको सिन्दुर लगाएको भनेर प्रश्न पनि गरे ।

यस्तोमा गीता अब आफैंले स्पष्टिकरण दिएकी छिन् । गीताले एक भारतीय दैनिकसँगको फोनवार्तामा आफूले विवाह नगरेको र यो सबै आफूले ‘सुपर’ डान्सर को आउँदो एपिसोडका लागि गरेको बताइन् । गीताले भनिन्, ‘होइन, मैले विवाह गरेको छैन । तपाईंलाई मेरो बारे थाहा छ, मैले विवाह गरिहाले पनि यो कुरा कसैलाई पनि लुकाउने छैन । म अहिले नै कसरी विवाह गर्न सक्छु, मैले केही महिना अघि मात्रै आमा गुमाएकी छु । त्यसैले यो सबै झुटो हो ।’

 

 

कसैले यो तस्बिरलाई इडिट गरेको हो त भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यो तस्बिरमा कसैले पनि केही गरेको छैन । मैले साँच्चै नै सिन्दुर लगाएकी छु । ’

उनी थप्छिन्, ‘हो मैले सिन्दुर लगाएकी छु । यो तस्बिर डान्स रियालिटी शो सुपर डान्सरको नयाँ एपिसोडका लागि हो । यो शोको आउँदो एपिसोड बलिउडका सदाबाहर नायिकाका लागि राखिएको छ । त्यसैले म रेखा जी जस्तै तयार भएकी छु । तपाईंहरु सबैलाई थाहा छ, म रेखा जीको कति ठूलो प्रशंसक हुँ, म उनीजस्तै तयार भएकी छु । उहाँले पनि सिन्दुर लगाउनु हुन्छ त्यसैले मैले पनि सिन्दुर लगाएकी छु ।’

यतिमात्रै होइन, उनी भन्छिन्, ‘मैले पहिलो पटक सिन्दुर लगाएकी भने होइन । मैले पहिले पनि सिन्दुर लगाइसकेकी छु । म भगवान शिवको भक्त हुँ, त्यसैले हरेक सोमबार पूजा गरेपछि म सिन्दुर लगाउँछु । यहाँसम्म कि मैले होलीमा पनि सिन्दुर लगाएकी छु । त्यसैले मैले यसअघि सयौंपटक सिन्दुर लगाइसकेकी छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah