काठमाडौ । सुपरमोडल नाओमी क्याम्पबेल आमा बनेकी छिन् । उनी छोरीकी आमा बनेकी हुन् । ५० वर्षमा आमा बनेकै कारण अहिले नाओमीको चर्चा चुलिएको छ । मोडल नाओमीका प्रशंसकहरु उनी कसरी आमा बनिन् भन्ने थाहा पाउन आतुर भैरहेका थिए । नाओमीले आफ्ना प्रशंसकको जिज्ञासा पूरा गरेकी छिन् ।

नाओमीले आफू आमा बनेको कुरा बुधबार बिहानै इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो हत्केलामाथि छोरीको सानो खुट्टा भएको तस्बिर सार्वजनिक गर्दै छोरीलाई आर्शिवादको संज्ञा दिएकी छिन् । नाओमी लेख्छिन्, “एक सुन्दर सानो आशिर्वादले मलाई उसको आमाको रुपमा चुनिन् । यो सुन्दर, कोमल आत्मालाई मेरो जीवनमा पाउँदा निकै सम्मानित महसुस गरिरहेको छु । आजदेखि तिमी मेरो परिसँगको जीवनभरीको बन्धनलाई शब्दमा वर्णन गर्न सक्दिन् ।”

आफू ५० वर्षको उमेरमा कसरी आमा बनिन् भन्ने कुरा उनले हालै आफ्नो युट्युब शो ‘नो फिल्टर विथ नाओमी’मार्फत सेयर गरेकी छिन् । उनको पछिल्लो एपिसोडकी गेष्ट डिजाइनर डियान वार्न फस्र्टनबर्ग थिइन् ।

उनले शोको क्रममा लकडाउनको समयमा आमा भएको यसरी बताइन्, “लकडाउन मेरा लागि निकै राम्रो समय रह्यो, यही समयमा मैले छोरीलाई जन्म दिएँ । मैले ३० वर्षसम्म पनि के गर्ने भन्ने कुनै सोच्न सकेको थिइँन ।”

उनले आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन)मार्फत आफू आमा बनेको पनि शो कै क्रममा खुलाएकी छिन् । सन् २०१७ मा दिएको एउटा अन्तर्वार्तामा उनले विज्ञानको आविष्कारले आफूलाई मन लागेको समयमा आमा बन्न पाउने सुविधा भएको भन्दै पछि आमा बन्ने संकेत गरेकी थिइन् । तर, उनले छोरीलाई जन्म दिएको मिति भने खुलाएकी छैनन् । उनी ब्रिटिस भोग म्यागजिनको कभरगर्ल बन्ने पहिलो श्वेत (ब्लाक) मोडल हुन् ।

नवभारत टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah