इलाम २९, असोज । इलामको माइखोलामा शुक्रवार अपरान्ह भएको डुंगा दुर्घटना परी मुत्यु हुनेको सख्या आठ पुगेको छ । सनिबार झापामा ३ जनाको शव फेला परे संगै मृतकको संख्या ८ पुगेको हो । दक्षिणी इलामको दानाबारीबाट महमाई तर्फ जादै गरेको ढुंगा शुक्रबार अपराह् माइखोलामा डुबेको हो ।  ज्यान गुमाउने ८ मध्ये ७ वटा शवको सनाखत भएको छ । मृत्यू हुनेमा मोरङ मधुमल्ला २ की ६ बर्षिया अञ्जली खड्का उनकी दिदी पुष्पा खड्का, झापा शनिअर्जुनका २८ वर्षिय कृष्ण कुमार घतानी, इलाम महमाई १ का ७५ वर्षिय जसबहादुर रार्ई रहेका छन् ।

त्यस्तै महमाई १ का डम्बर रानामगर, हर्क बहादुर रानामगर र महमाई २ की बिष्णुमाया धमलाको पनि डुबेर मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए । नदीमा डुबेका ५ जनाको शव शुक्रबारै घटनास्थलको १ सय मिटर आसपास र अन्यको शव शनिबार झापाको बिभिन्न स्थानमा भेटीएको हो । शनिबार दिउसो झापाको शिवसत्ताक्षीस्थित लालपानीमा भेटीएको एक पुरुषको शवको भने शनाखत भएको छैन । लगभग पचास जना यात्रु सवार उक्त डुङ्गा शुक्रबार माइखोलास्थित त्रिताल घाटमा डुब्दा ३४ जनाको तत्कालै उद्धार गरिएपनि अन्य केही ब्याक्ती हराइरहेकोले खोजी कार्य तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ताप्लेजुङ निवासी सुवास भट्टराई पनि हराइरहेको भन्दै इलाका प्रहरी कार्यालय दानाबारीमा परिवारले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर