एजेन्सी । हवाई यात्राका दौरान आफ्नो सहकर्मीसँग शारीरिक सम्बन्ध राखेकी एक एयर होस्टेजको डायरी लिक भएपछि उनी कानुनी झमेलामा परेकी छन् ।
बिहे भइसकेकी एयर होस्टेजको डायरी उनका पतिले कम्प्यूटरमा भेटेका थिए । उक्त डायरी पढेपछि उनका पति एकदमै रिसाएका थिए । त्यसपछि उनले त्यसलाई हैरानीको शिकार बनाए ।
डेली मेलको खबर अनुसार यो घटना हल्याण्ड हो । डच एयर लाइन ट्रान्सवियामा काम गर्ने एयर होस्टेजले कम्प्यूटरमा लेखेको डायरीमा सहकर्मीसँगको शारीरिक सम्बन्धका बारेमा खुलेरै व्याख्या गरिएको थियो ।
एकदिन उनको पतिले थाहा पाएपछि रिसको झोकमा मीडियामा हलचल मच्चाइदिए । डायरीमा एयर होस्टेजले उडिरहेको विमानमा र होटलमा गएर यौनसम्बन्ध राखेको लेखिएको छ ।
एयर होस्टेजको पतिले भनेका छन्, ‘उनी डायरीका एक-एक पाना सार्वजनिक गर्न चाहन्छन् ।’ तर एयरलाइन्सले यो विषयलाई ठूलो नबनाउन आग्रह गरेपछि वकिलहरु मुद्दालाई रोकेर डायरीलाई ब्लक गर्ने पक्षमा देखिएका छन् ।
यो मुद्दा अदालतमा चाँडै नै फैसला लिँदैछ ।



