मनोरञ्जन

‘मिस नेपाल नर्थ अमेरिका’ मा सहभागी हुन जादैं यी सुन्दरी !


  काठमाडौं   सवाल नेपाल   २०७८ जेष्ठ २७, १०:४१

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) मा नेपाली सुन्दरीहरुले महत्वपुर्ण जिम्मेवारी पाएका छन् ।

पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा उक्त्त प्रतियोगिताको लागि अमेरिका जाने भएका हुन् ।

मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ ।

भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।

यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन् ।

कार्यक्रम आगामी अगस्त ७ गते शनिबारको दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो । केटिएम दैनिक बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु