धरान । अमेरिकामा बसेर नेपाली सुगम संगीतमा लागिपरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रिएशन चर्चित गायक रामकृष्ण ढकाल र चर्चित गायिका मेलिना राईको स्वरमा ल्याएका छन्। आफ्नो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको गीत सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ रेकर्ड गरी म्युजिक भिडियो निर्माण गरिएको संगीतकार तथा गीतकार उमेश रेग्मीले बताए।

दशक अघि उनले आफ्नै स्वरमा समेत सुनसरी इनरुवा बोलको गीत निकालेका थिए। अहिले भने उनले रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा युगल गीतको रुपमा गीत तयार गरेका छन्।

युवराज वाईवाको निर्देशन तथा निलास पौडेलको छायाँकनमा इनरुवाका बिभिन स्थलहरु सहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ भने गायक रामकृष्ण ढकाल र मोडल रिमा बिस्वकर्माको अभिनय हेर्न सकिन्छ । विकास दाहालले सम्पादन गरेको भिडियो संगीतकार तथा गीतकार रेग्मीको युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ।
“के देख्यौ सानू तिम्ले म भित्र त्यस्तो

गाउदै हिड्ने गाँउ शहर म त अल्लारे ठिटो
सुनसरी इनरुवा
घुमेर हेरौंला । “
म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah