
काठमाडौं, ३० असोज । प्रधानमन्त्री प्रचण्ड दिल्ली हुँदै १८ सदस्यीय प्रतिनिधिमण्डलसहित गोवा पुग्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमै ट्विट लेखेका थिए ।
शनिबार दिनभर सामाजिक सञ्जालमा उनको ट्विटले चर्चा पायो । मोदीको ट्विट छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा न्यानो स्वागत गर्दछु ।
उनको भ्रमणले भारत–नेपाल सम्बन्ध अझ मजबुत बनाउनेछ ।’ भुटानका प्रधानमन्त्री छिरिङ तोप्गेले प्रधानमन्त्री प्रचण्डसँग एयर इन्डियामै सेल्फी खिचेर ट्विट गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।