काठमाडौं, ३० असोजनेपाल वायुसेवा निगममा लेखा सहायकदेखि अधिकृतसम्म ५३ जनाका लागि जागिर खुलेको छ । निगमले आइतबार लेखा सहायक, सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ सहायक, लेखा अधिकृत र अधिकृत गरी ५३ जनाका लागि दरखास्त मागेको छ ।
४ देखि ६ तहसम्मको पदका लागि खुला, महिला, आदिवासी जनजाति, दलित, अपांग, पिछडिएको क्षेत्रका योग्य उम्मेदवारले दरखास्त दिन सक्नेछन् । आवेदन माग भएका पदका लागि एसएलसी, प्रवीणता प्रमाणपत्र र स्नातक तह शैक्षिक योग्यता तोकिएको छ ।



