मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनको नयाँ फोटोले अरु बलिउडकर्मीलाई मोहित बनाएको छ । ‘सर्टलेस’ फोटोमा ‘सिजलिङ एब्स’ देखाइरहेका अभिनेता रोशनको फोटोमा अहिले कमेन्टको वर्षा भइरहेको छ ।
अभिनेताका प्रशंसकसहित अन्य बलिउड स्टारहरु उनको यस फोटोमा कमेन्ट गरिरहेका छन् । उनकी पूर्वपत्नी तथा इन्टेरियर डिजाइनर सुज्यान खानको कमेन्टले भने धेरैको ध्यान तानेको छ ।
सुज्यानले लेखेकी छन्, “तिमी २१ को देखिरहेका छौँ ।” त्यस्तै, अभिनेता आर माधवन लेख्छन्, “यी पुरुष लिजेन्डहरुकै प्रतिरुप हुन्…म निकै प्रभावित छु । यो मेरो भाइ मेरो प्रेरणा हो ।”
अभिनेता टाइगर श्रापले कमेन्टमा ‘बाप’ लेखेका छन् । इन्डियन एक्सप्रेसबाट ।



