दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री करीना कपूरको नयाँ भूमिकाले चर्चा पाएको छ । उनले नयाँ फिल्ममा ‘सीता’को भूमिकाको लागि १२ करोड (भारतीय रुपैयाँ ) मागेपछि उनी चर्चामा आएकी छन् ।

उनले फिल्मका लागि अत्यधिक रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई ‘सीता’को भूमिका दिन नहुने बताएका छन् । उनीहरुले ६ देखि ८ करोड पारिश्रमिक लिने करीनाले १२ करोड मागेपछि उनको धेरैले विरोध गरेका छन् ।

करीना पारिश्रमिकका कारण चर्चामा आएपछि बलिउड अभिनेत्री तापसी पन्नुले यस विषयमा चासो व्यक्त गरेकी छन् । उनले करीनाको पारिश्रमिकलाई लिएर हल्ला चलाउनु संकिर्ण मानसिकता भएको बताएकी छन् । उनले करीनाको सट्टामा अरु कसैले त्यति पारिश्रमिक मागेको भए बजारको भाउ बढेको भन्नेहरुले करीना महिला स्टार भएकै कारण पारिश्रमिक माग्दा विवादमा तानिनुपरेको उनले जिकिर गरिन् ।

उनले यसै विषयमा लेखेकी छन्, “करीनालाई १२ करोड दिनुहुँदैन ? उनी देशकै सबैभन्दा ठूलो सुपरस्टार हुन् । उनले आफ्नो काम अनुसार पारिश्रमिक माग्नु उनको काम हो ।”

मिडिया रिपोर्टका अनुसार उक्त फिल्ममा अभिनेता सैफ अली खान पनि देखिनेछन् । उनी लंकाका रावणको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय