काठमाण्डाै – ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो । पाक्वेलाले खेलको ३५ औं मिनेट गोल गरे ।

कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो । कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् ।

अब ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर