मनोरञ्जन

एकपछि अर्को तनाबमा शिल्पा : उच्च अदालतले पनि दियो झड्का


  काठमाडौं   एजेन्सी   २०७८ श्रावण १६, १३:१९

बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दाको विषयमा छलफल भएको छ ।

मुम्बई उच्च अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ ।

सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ ।

न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ ।

सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालले आफ्नो मानहानी गरेको भन्दै २५ करोड भारू क्षतिपूर्ति माग्दै शिल्पा अदालतमा

नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी र मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

उनले मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी थिइन् ।

अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार