काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिक मर्यादा उलङ्घन गरेको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग संयोगवस भएको संयुक्त भेटलाई त्रिपक्षीय वार्ता भनेर प्रचार गरिनु कुटनीतिक मर्यादाविपरित भएको बताए ।

‘डिनरका लागि कार्गेट पर्खने क्रममा संयोगवस भएको भेटघाटलाई त्रिपक्षीय वार्ता भनी प्रचार गर्नु कुटनीतिक मर्यादाविपरित र लज्जास्पद् हो,’ ओलीले भने ।

भारतीय विदेश मन्त्रालयले नै त्रिपक्षीय वार्ता नभएको स्पष्ट पारिसकेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण वार्ता भनि प्रचार गर्नु गलत भएको उनको टिप्पणी छ । बाटोमा भेट हुँदैमा त्रिपक्षीय वार्ता भयो भन्न नमिल्ने जीकिर उनले गरे ।

बिमिस्टेक सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्तरुपमा अनौपचारिक कुराकानी गरेको खबर र तस्बिर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय