काठमाडौँ: विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औं स्थानमा उक्लिएको हो । फिफा वरियतामा नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल स्थानमा छ ।
दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०५औँ स्थानमा छ भने माल्दिभ्स १५८औँ स्थानमा छ ।त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८७औँ स्थानमा रहँदा बङ्गलादेश १८८औँ स्थानमा छ । श्रीलङ्का २०५औँ स्थानमा छ भने पाकिस्तान फिफाको प्रतिबन्धमा रहेकाले अन्तर्राष्ट्रिय फुटबल खेल्नबाट बन्चित रहेको छ। विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ । त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, इटली पाँचौँ, अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौं र अमेरिका दशौँ स्थानमा रहेका छन् ।



