काठमाडौँ । नेपालले पपुवान्युगिनीसँग दुईवटा एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले पपुवान्युगिनीसँग सेप्टेम्बर ५ र ८ अर्थात् भदौ २० र २३ गते खेल्ने तय भएको छ ।
खेल ओमानमा हुनेछ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच भदौ २८ देखि असोज ४ सम्म त्रिकोणात्मक एकदिवसीय शृंखला हुँदैछ । नेपाल, यूएई, ओमान, स्कटल्यान्ड, अमेरिका, नामिबिया, र पपुवान्युगिनी गरी ७ टोलीबीच विश्वकप लिग चलिरहेको छ ।



