अभिनेत्री मलाइका अरोडा तथा अरबाज खान डिर्भाेस पछि पनि एकदमै नजिकका साथी हुन् । दुबै जनालाई धेरै पटक एकै ठाउँ देखिईसकेको छ । आइतबार अरबाज खान, मलाइका अरोडाको परिवार संगै देखिएका छन् ।
मलाइकाको अभिभावक, बहिनी अमृता तथा छोरा अरहान पनि संगै देखिएका छन् । सबै जना लन्चका लागि गएका थिए । लन्च सकेर होटल बाहिर निस्कदै गर्दा उनलाई देखिएको थियो । सामाजिक सञ्जालमा उनीहरुको फोटो अहिले चर्चामा रहेको छ । अरबाज लाई बिदाई गर्दै मलाइकाको आमा ज्योषीले अंकमाल सहित किस गरेकी थिईन् ।
मलाइकाको आमाको अरबाजको लागि यति धेरै माया फ्यानहरुलाई एकदमै मन परेको छ । अरबाज र मलाइकाले सन् २०१७ मा डिर्भाेस गरेका थिए । यो जोडीलाई फ्यानहरुले एकदमै माया गर्ने गरेका छन् ।
उनीहरु बीचको सम्बन्ध १९८८ देखी २०१७ सम्म चलेको थियो । उनीहरुको एक छोरा अरहान रहेका छन् । अहिले मलाइका आफु भन्दा धेरै कान्छा नायक अर्जुन कपुर संग र अरबाज जर्जिया एण्ड्रियानी संग डेट गरिरहेका छन् ।



