एजेन्सी । बलिउड नायीका श्रद्धा कपुर विवाहको तयारीमा रहेको भारतीय मिडियाले दावी गरेका छन् । इन्डिया डट कमसँगको अन्तर्वार्तामा श्रद्धाका नातेदार प्रियांक शर्मा र काकी पद्यमिनी कोल्हापुरेले यसवारे संकेत गरेको उल्लेख गरिएको छ । श्रद्धा र रोहनको विवाहबारे प्रश्न गर्दा प्रियांकले भनेकी थिइन्, ‘म यसबारे केही बोल्दिन। अहिले नै के भन्ने मैले ? यदि सबैको प्रश्न उनीहरुको विवाहबारे छ भने, पक्कै पनि त्यो राम्रो निर्णय हुन सक्छ।’

अभिनेत्री श्रद्धा कपुर र फोटोग्राफर रोहन श्रेष्ठ एकअर्काको प्रेममा परेको चर्चा लामो समय देखि चल्दै आएको छ । उनीहरु प्राय संगै देखिन्छन् । उनीहरु आफै प्रेमबारे सार्वजनिक अभिब्यक्ति दिएका छैनन् । तर उनीहरुले यस कुरालाई इन्कार पनि गरेका छैनन् । उनीहरुले गोप्य रुपमा विवाहको तयारी गरेको दावी गरिएको छ ।

श्रद्धा र रोहन आफैंले भने यसबारे सार्वजनिक रुपमा बोलेका छैनन्। श्रद्धा प्रेममा रहेकी फोटोग्राफर रोहन श्रेष्ठ नेपाली हुन्। उनको जन्म भारतमा भएको थियो। उनका बुबा राकेश श्रेष्ठ चर्चित फिल्म फोटोग्राफर थिए र उनले ६ सयभन्दा बढी फिल्मका लागि काम गरेका थिए।

रोहनकी आमा जिन रोड्रिगियुज एयरहोस्टेस थिइन्। सन् २००९ मा उनको मृत्यु भएको थियो। बुबा नेपाली भए पनि रोहन भारतमै हुर्के बढे। उनले पछि आफ्नै बुबाको पेसा पछ्याउदै फोटोग्राफी सिकेका हुन्। कामकै सिलसिलामा उनको भेट अभिनेत्री श्रद्धासँग भएको थियो। त्यसपछि उनीहरुबीच प्रेम सुरु भएको बताइएको छ ।

एक अन्तर्वार्तामा रोहनलाई श्रद्धासँगको प्रेमबारे प्रश्न गर्दा उनले भनेका थिए, ‘हामी पछिल्लो नौ वर्षदेखि एकअर्का निकै नजिक छौं। हाम्रो भेट एउटा पार्टीमा भएको थियो र पहिलो भेटमा नै हाम्रो कुरा मिलेको थियो।’

उनले श्रद्धासँग प्रेम रहेको कुरा भने अस्वीकार गरेका थिए। अभिनेता वरुण धवनले आफ्नो विवाहको फोटो इन्स्टाग्राममा पोस्ट गर्दा त्यसमा रोहनले वरुण र उनकी श्रीमती नताशालाई बधाइ दिएका थिए। रोहनको कमेन्टमा जवाफ फर्काउँदै वरुणले लेखेका थिए, ‘आशा गर्छु, अब तिमी पनि तयार छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah