काठमाडौँ- पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेसँगै ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी भरतमणि पौडेलको चर्चा थप चुलिएको छ ।

ताप्लेजुङका पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन अन्तगर्त पछिल्लो एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेपछि ‘पफर्मर अफ द राउन्ड’ बन्दै उनको फाइनलको यात्रा तय भएको छ ।

अब सबै दर्शकका लागि उनको प्रस्तुति कस्तो होला ? भन्ने कौतुहलता पैदा भएको छ । वास्तवमा उनी अहिले आफ्नो फाइनलको प्रस्तुति भन्दा पनि भोट माग्नमा व्यस्त छन् ।

कमेडी च्याम्पियनकै सर्वाधिक ‘पफर्मर अफ द राउन्ड’ बनेका उनलाई यस अघिका एपिसोडमा धेरै भोट चाहिएको थिएन । तर अब उनी मैदानमै उत्रेर भोट अपिल गरिरहेका छन् ।

उनी यस सिजनको अन्तिम चारमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकी अग्रवाल, सन्तोष थापा र हिकमत महरालाई पछाडि पारेर ‘पफर्मर अफ द राउन्ड’ बन्दै फाइनल प्रवेश गरेका हुन् ।

‘कमेडी च्याम्पियन’ मा अन्तिम तीन प्रतिस्पर्धीहरूको टुङ्गो लागेपछि दर्शकको मतको आधारमा विजेता घोषणा गर्ने गरिएको छ। अहिले शोमा चार जना प्रतिस्पर्धी रहेकाले आगामी शृङ्खलाबाट एकजना भोटको आधारमा बाहिरिने छन्।

भरतमणि ‘पफर्मर अफ द राउन्ड’ बनेका कारण उनले अन्तिम तीनको यात्रा पक्का भएको छ भने बाँकी रहेका ‘कमेडीयन’ हरू बिकी, सन्तोष र हिकमतमध्ये एकजना बाहिरिने छन्।

पारस शाहजस्तै स्वरूपमा स्टेजमा उत्रिएर उनले शाहकै लबज र हाउभाउमा आफ्नो कला प्रस्तुत गरेपछि उनी थप चर्चामा आएका छन् ।यसअघि पूर्वमन्त्री गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर उनले दर्शकको मन जित्न सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah