
बिहीबार हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल प्रत्यक्ष हेर्न पाइने भएको छ । दशरथ रंगशालामा बुधबार साँझ हुने पहिलो खेल हेर्नका लागि सरकारले विभिन्न मापदण्ड तोकेको छ ।
खेल प्रत्यक्ष उपस्थित भएर हेर्न कोरोनाका दुवै खोप लगाएका र पिसिआर परिक्षणबाट नेगेटिभ आएका लाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघएन्फाले जनाएको छ ।
सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ। एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष शेर्पाले बताएका छन् ।
दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ। नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए।