सावित्रा विनाको टिमले राम्रो खेल्ने सावित्रा नेपाली महिला फुटबल टिमले दशरथ रंगशालमा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेल्दैछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप् २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेलअघि बुधबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले यो खेल आफ्ना खेलाडीहरुका लागि धेरै कुरा सिक्ने अवसरको रुपमा रहेको बताए । मैत्रीपुर्ण खेल हाम्रो एएफसी छनोटका लागि ठुलो मौका भएको उनले बताए ।

नेपाली टिमकी नियमित सदस्य तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी पुर्ण रुपमा खेलका लागि तयार नभएकाले मैत्रीपुर्ण गुमाउने उनले जानकारी दिए । ग्यारीले सावित्रा टिममा नभएपनि आफुसँग मजबुत २३ सदस्यीय टिम रहेको र सबैले राम्रोे प्रदर्शन गर्नेमा आफु विश्वस्त रहेको बताए। प्रि म्याच कन्फ्रेन्समा बंगलादेशका प्रशिक्षक गोलम रोब्बनी छोटोनले नेपाल एउटा ठूलो प्रतिस्पर्धी रहेको र प्रतिस्पर्धात्मक खेल हुने बताए ।

बंगलादेशको टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेको बताउँदै नेपाललाई चुनौती दिन आफूहरु तयार भएको उनले बताए। त्यस्तै, बंगलादेशकी कप्तान सबिना खातुनले नेपालसँगको खेल एएफसी क्वालिफायर्सको राम्रो तयारी हुने बताइन् । नेपाल र बंगलादेशबिचको खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा खेल आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah